तिमी सेक्स माग्थ्यौं, म राता ओठले चुम्बन गर्थेँ
–मञ्जु मिश्र
प्रिय भ्यालू (भ्यालेन्टाइन)
मुटु भरीको माया अनि धेरै धेरै शुभकामना प्रणय दिवसको । आज त भ्यालेन्टाईन डे, तिमीलाई सम्झने दिन, तिमीलाई मन पर्ने उपहार पठाउने दिन । के पठाउँं तिमीलाई ? आफैले गोडीमेली गरी कति जतन गरी फूलाएको यो रातो गुलाव, थाहा छ बिहानदेखि यसलाई एक टक हेरिरहेँ तिम्रो हातमा कति सुहाउला भनेर तर फेरि एकपटक तिम्रो फेसबुक हेर्न मन लाग्यो अनि देखे प्लास्टिकका गुलाव जोडेर बनाएको कृत्रिम पुष्पगुच्छाले फेसबुकको भित्ता कसैले पहिलेनै रंगाइकेको रहेछ । के त्यो गुच्छाको बासना त्यति मीठो थियो जुन मैले फूलाएको गुलाबमा पाएनांै र धन्यवाद दिएउ भन त ? मत कति कुडिएँ तर तिमी हासिरहेका थियौं ।
थाहा छ भ्यालू, पहिला पहिला आजको दिन हामी मेरो सानो भान्सामा मकैको ढिँडो र गुन्द्रुकको झोल पकाएर एक अर्कालाई मायाले खुवाउने गथ्र्यों । अनि भन्थ्यौं यस्तो माया भएत मलाई तिम्रो हातको ढिडोनै चौरासी ब्यञ्जन बराबरको लाग्नेछ जिन्दगी भर । म कती रमाउंथे, तिमी मलाई आफ्नो अंगालोमा बेथ्र्यों । त्यही सम्झिएर हिजैदेखि मकैको पिठो केलाएर राखेकी थिएँं । गुन्द्रुक पनि भिजाएर राखे अनि भटमास भुटेर, त्यो तिमीलाई कति मन पर्छ भनेर । तर मेरो खुसी तिम्रो ट्वीटर नदेखुन्जेलको भयो, जव तिमीले ट्वीट गरेउ, चिकन बर्गरको फोटोसँंगै । कहिलेदेखि तिम्रो प्रिय बनिसकेछ पिज्जा र बर्गर मैले थाहा नै पाइंनँ कठै । अनि बर्गर र पिज्जाको अंग्रेजी स्वादले लठ्ठीएको तिम्रो जिव्रोमा यो गुन्द्रुकको स्वाद कसरी जम्न सक्ला र? भिजेका गुन्द्रुकसँंगै मेरा पनि परेला भिजे, तिमीले कहांँ देखेउ र भ्यालू?
आजको दिन हो तिमीलाई केही त दिनु थियो, फागुनमा त्यति जाडो त हुँदैन तै पनि आफै बनाएकी थिए एउटा गलबन्दी, बिहानभरी एैनामा हेर्दै आफैलाई बेरे कती पटक अनि लाग्यो मेरो प्यारो भ्यालुको गला कति सुन्दर देखिन्छ यसले । मनमनै दंग थिए मेरो प्रेम मेरो गलबन्दी एउटा कविता नै लेखेकी थिएंँ । बिहानै तिम्रो फेसबुक स्टाटसले झस्कायो, रेबनको गगल्सले तिमीलाई तानिसकेछ । कसैले तिमीलाई गगल्स उपहार पठाएको रहेछ, हातको रोलेक्स घडी देखिने गरी औंलाहरुले मिलाएर गगल्स समातेको थियौं । म मरे थाहा छ भ्यालु, यो गलबन्दी जव तिम्रो नाम लिएर बुन्न थालेकी थिए त्यति बेला देखि नै हर्क थियो मनमा, लागेको थियो ‘सरप्राइज’ दिन्छु, अब यस्तो लाग्दैछ यसको कुनै अर्थ छैन तिमीलाई ।
भ्यालु जव हामी दिनभरी घुमेर थकित भएर घरको कौसीमा मिस्री हालेको सर्वत पिउथ्यौं, सारा थकान मेटिन्थ्यो, जुनको टहमा पर खोलाको बगरसम्म नियाल्दै हिड्थ्यौं । आज तिमीले कुनै व्हिस्कीको ईभेन्टमा जाने प्लान बनाएछौ । “बिहान देखीनै एक पेग” तिम्रो स्टाटस अपडेट थियो । बियर र व्हीस्कीकै नशामा लिप्त भैसकेको रहेछ तिम्रो प्रेम, नशा जुन प्रेमको हुनुपर्दथ्यो त्यो त साहित्यकारका शव्दमै मात्र सिमित देख्छौ तिमी पनि अचेल, जो हरेक रात पिउने बहाना खोज्छन अनि सप्तान्तमा कुनै होटलको कोठामा लम्पसार पर्न पाए हुन्थो भनेर फेसबुकको म्यासेञ्जरमा म्यासेज फिल्टर गररिहन्छन । के मेरो भ्यालु पनि तेस्तै भयौैं र? पत्याउनै सक्दिन ।
मेरो सस्ंकारमा तिमी कती गर्व गथ्यौं, बिवाह अगाडि ‘नो सेक्स’भन्दा तिमी पनि फुर्किन्थेउ, बेलुका फोनमा भन्यौ भोलिको उपहारमा मलाई एक रात देउ भनेर । मेरो आत्माले धिक्कारो त्यतिबेला तै पनि प्रेम थियो तिमीसंँग रिसाउन सकिनँ । तिमीले भनेउ फलानो त उसकी गर्लफ्रण्ड लिएर जंगलको रिर्सोटमा जादैछ भनेर, अनि थर्कायौं के मेरो बिश्वास लाग्दैन भनेर । भ्यालू विश्वास त सेक्समै अडिएको हुन्छ कसरी सम्झाउ तिमीलाई । हाम्रो चोखो माया सेक्सले गर्दा नधमिलियोस् यही चाहान्छु । तर थाहा छ तिमीलाई तिम्रो बिश्वास संगाल्न मैले सैक्सनै दिनुपर्छ भन्ने जरुरी लान्दैन मलाई । सेक्स हुँदैमा माया बलियो हुन्छ र? प्रेम बाच्नलाईत विश्वास पो चाहिन्छ, अझ तिमी त बिश्वासलाई त्यै सेक्सको लेपन लगाउन खोज्छौ । यसरी त हाम्रो माया झन कमजोर हुँदै जान्छ । त्यसैले त तिमी बिहानै मलाई फूल दिन आएनांै । अनि भन म कसरी बिश्वास गरु सेक्सलाई जसले तिमी हाम्रो माया बलियो हुन्छ भन्छौं ।
प्रेमको संस्कार अचेल सेक्सले नापिँदो रहेछ, झन तिमी पनि त्यसैमा अडियौ म कति रोए तिमीलाई नाई भन्नुपर्दा । मेरो नाईलाई तिमीले आफ्नो अपमान सम्झियौं । म तिमीलाई राता ओठले चुम्वन गर्थे, न्यानो अंगालोले अंकमाल गर्दथे । के त्यो कुनै शारीरीक निकटताभन्दा कम थिएन र? शरीर नजिक हुनु भनेको सेक्स हुनुमात्रै हो र? आज पनि तिम्रालागी कल्पना गर्दै थिए न्यानो अंगालोको तर क्षणभरमै म रित्तीए किन थाह छ भ्यालू, तिमीलाई सेक्स चाहिएको थियो जो म अहिल्यै दिन सक्दिन थिएँ ।
भ्यालू तिमी भन्छौ, तिमी मलाई तिम्रा आमा बाबा लाई गर्ने भन्दा पनि बढी प्रेम गर । हो म गर्छु तर तिमीलाई भन्दा बढी होईन । पृथक भन बरु म त्यो पृथक प्रेम गर्छु तिमीलाई त्यसैलेत तिम्रा लागि यो प्रेम पत्र लेख्दैछु । तर तिमीलाई प्रेमको रेस मेरा बाबा आमासँंग गर्नुछ, त्यो रसमा म कसरी तिमीलाई प्रथम बनाउँ ? जसले तिमीले भन्दा धेरै सम्हाले मलाई । मेरा लागि खाई नखाई सपनाहरु तिमीले भन्दा धेरै देखे । मेरा आँशुहरु उनीहरुले नै त पुछेका छन् आजसम्म तिमीले भन्दा पनि धेरै । आज पनि म उदास हुँदा आमा नै त आएर सुम्सुम्याउनु भो । बाबाल ेत कति छिटो बजार गएर कति धेरै चकलेट अनि टेडी बियर ल्याईसक्नु भएछ, किन थाहा छ? मेरो ओठको हांसो गुमेको थियो त्यति बेला सिर्फ मेरो खुशी चाहनुहुन्थ्यो उहाँहरु । ल भन तिमीले त रुवायौं मलाई तर उहाँहरु फकाउन आउनु भयो नत त्यो मायाको बदलामा केही माग्नु भयो ? न मैले केही दिनु परेको थियो । तिमी त हरेक चिजको हिसाव माग्छौ अनी भन्छौ सेक्स देउ, अरु केही चाहीँदैन । म कसरी ब्यापार गंरु मेरो मायाको तिम्रो सेक्ससँंग ।
भ्यालू तिम्रो बुलेट बाईकको लागि कस्तो हेलमेट सुहाउछ मलाई थाहा छैन नत स्कुल फी चाहियो भनेर आमा बाबालाई ढाटेर पैशा माग्न सक्छु । नत साथीसंँग कम्बाईन स्टडी गर्न जान्छु भनेर छल्दै तिम्रो बुलेटमा चढेर कुनै रिर्सोटमा आउन सक्छु । म कस्तो धरातलमा फसे भ्यालू, एकातिर तिम्रो ब्यापारी माया छ अर्कोतीर मेरो चोखो प्रेम । जो केवल प्रेम नै रहन चाहन्छ, नकि तिम्रो रोलेक्स वाच बन्छ वा इम्र्पाेटेड रेबनको गगल्स बन्न खोज्छ । नत यसलाई त्यो रिर्सोटको महंगो वाईनसँंग मोह छ, नत तिम्रो बाईकको हेलमेट बोकेर सार्वजनिकस्थलमा नारीएर हिड्ने रहर छ । के यसो नगर्दा मेरो प्रेमको बिश्वास हुदैन तिमीलाई?
अन्तमा, तिमीले त गुन्द्रुक खाने तिम्रो मिठास बर्गरमा साटी सक्यौं, कुरुसले बनेको गलबन्दी त कैले पो भुलिसक्यौ किनकी गगल्सले तिमीलाई सुन्दर बनाएको रहेछ । मायाको अक्षर केवल म्यासेनजरको इमोजी मात्रै लाग्छ तिमीलाई, यो मेरो प्रेमपत्र पनि पढ्छौ कि पढ्दैनौ लागिरहेको छ, कीनकी हरपल वाईफाईमा हुन्छौ तिमी । त्यहाँ त भावनाका कुरा पनि सर्च गर्दा भेटीन्छ मन दुखाउनुनै पर्दैन । त्यसैले तिम्रो बाटो रोक्दिनँ । तिमी स्वतन्त्र छौ मबाट । जहा जान मन लाग्छ जाउ यो भ्यालेन्टाईन डेलाई आफनो हिसावले मनाउ तर कसैको जीवन बर्वाद हुन्छकी सजग बन । कसैको बुवाआमा तिम्रो कदमले रुन्छन कि मनमा राख । तिमीलाई धेरै शुभकामना ।
तिम्रो प्रेमिका