खेल

फागुन २६ बाट नेपालगञ्ज गोल्डकप हुने

फागुन २६ बाट नेपालगञ्ज गोल्डकप हुने
फागुन ३ । आगामी फागुन २६ गतेबाट नेपालगञ्ज गोल्डकप हुने भएको छ । बाँके जिल्ला फुटबल एशोसियसन र टुवोर्गको संयुक्त आयोजनामा आगामी फागुन २६ गतेबाट नेपालगञ्ज गोल्डकप हुन लागेको आज पत्रकार सम्मेलन गरी जनाकारी गराईएको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय टिम र एक भारतको टिम सहित ८ टिमको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । नेपालगञ्ज गोल्डकपको मुख्य प्रायोजक भने गोर्खा बु्रअरी रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितको विजेताले ५ लाख नगद प्राप्त गर्ने छ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्ने छ ।

Nepalgung Goldcup

विशेष