प्रवास

अष्ट्रेलियाको समुन्द्रमा डुबेर २ नेपाली युवायुवती बेपत्ता

अष्ट्रेलियाको समुन्द्रमा डुबेर २ नेपाली युवायुवती बेपत्ता

फागुन ३ । अस्ट्रेलियाको सिड्नीस्थित मरुबरा समुद्रमा दुई नेपाली युवायुवती डुबेर बेपत्ता भएका छन् ।

सोमबार साँझ साथीहरुसँग समुद्रमा घुम्न गएकाबेला काठमाडौंकी सृष्टि भण्डारी र झापाका सुदीप उप्रेती डुबेर बेपत्ता भएका थिए । उनीहरुका साथी पवन अधिकारीले दिएको जानकारी अनुसार साथीहरुसँगै समुद्रमा घुम्न गएका उनीहरु साँझसम्म नफर्किएपछि प्रहरीलाई जानकारी दिइएको थियो ।

बेपत्ता मध्ये युवतीको भने शव प्राप्त भएको छ । सुदीप तीन वर्षअघि अष्ट्रेलिया पुगेका थिए भने सृष्टि केही महिनाअघिमात्रै विद्यार्थी भिसामा अस्ट्रेलिया आएकी थिइन् ।

Australiya Nepali

विशेष