समाज

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंककाे २० अर्ब ऋण सहयाेग

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंककाे २० अर्ब ऋण सहयाेग
फागुन ३ । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी)का लागि विश्व बैंकबाट प्राप्त हुने २० अर्ब रुपैयाँ ऋण ग्रहण गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ऋणका सम्बन्धमा वार्ता गर्न एक टोली गठन गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । शिक्षा मन्त्रालय सात वर्षका लागि विद्यालय क्षेत्रको सुधारको निरन्तरताका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्त्री कार्कीले तत्कालीन माओवादी सेनाको लडाकू शिविर रहेको चितवनको शक्तिखोरमा एक औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको पनि बताउनुभयो । बैठकले डडेल्धुराको आलिताल - २, ३, ४ र ८ मा धनीपुर्जा पाइसकेका सुकुम्बासीको घरको छेउमा १२८ रूख ढल्ने र आगलागी हुन सक्ने भएकाले कटान गरी लिलामी गरेर राजस्व दाखिला गर्ने निर्णय गरेको छ । यस्तै जीवित कुमारी, गणेश र भैरवको मासिक तथा निवृत्तीभरणमा ५० प्रतिशत वृद्धि गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले बताए।

विद्यालय क्षेत्र विकास कार्यक्रम विश्व बैंक

विशेष