प्रवास

८ महिनादेखि ४३ नेपाली भारतीय जेलमा

८ महिनादेखि ४३ नेपाली भारतीय जेलमा

फागुन ४ । खेतीपातीले घर खर्च धान्न नसक्दा मजदुरी गर्न भारत, हिमान्चल पुगेका डिलासैनी ४ का गोपाल साउद उतै जेल परेका छन् ।

७ जनाको परिवारमा कमाउन एक्लो छोरा जेल पर्दा परिवारमा विजोग छ । घर खर्च नचल्दा भारत गएको हो । जेल पुगेको खबर आयो बुबा धनसिंहले भने । घर फर्कने अझै टुंगो छैन । नुनतेल जुटाउन नसकेका बेला उता गएर भेट्न सक्ने अवस्था पनि रहेन ।

हिमाञ्चल प्रदेशको एक हाइड्रोपावरमा काम गर्ने ४३ नेपाली मजदुर गत जुलाईदेखि जेलमा छन् । साउदलगायत ती सबै मजदुर किन्नोर जिल्लाको पटेल इन्जिनियरिङ कम्पनीले निर्माण गर्न लागेको ४ सय ५० मेगावाटाको समथुङ हाइड्रोपारमा काम गर्थे ।

उनीहरु सबैलाई उन्ना र विलाससपुर जिल्लाका जेलमा राखिएको आफन्तले बताए ।

India Jail

विशेष