खेल

च्याम्पियन्स लिगमा बार्साको लज्जास्पद हार

च्याम्पियन्स लिगमा बार्साको लज्जास्पद हार
फागुन ४ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणका खेल सुरु भएका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको पहिलो लेगमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । फ्रान्समा भएको खेलमा बार्सालाई घरेलु टोली पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले ४–० ले हराएको हो । खेलमा पि.एस.जी.लाई विजयी गराउन एन्जल डि मारीयाले दुई गोल गरे भने जुलियन ड्राक्सलर र एडिन्सन काभानीले एक–एक गोल गरे । हारसँगै वार्साको क्वाटरफाइनल यात्रा कठिन रहेको छ । त्यस्तै अर्को खेलमा पोर्चुगलको बेनीफीकाले जर्मनीको बोरुसीया डर्टमण्डलाई १–० ले हरायो । प्रतियोगिता अन्र्तगत आज जर्मन क्लब बायर्न म्युनिखले  ङ्ल्यान्डको आर्सनलसँग खेल्दा स्पेनको रियाल मड्रिड र ईटालीको नापोली भिड्नेछन् ।

Champins Leauge

विशेष