मनोरञ्जन

हिंसा भड्काएको आरोपमा शाहरुख विरुद्ध अदालतमा केश दर्ता, जाँचबुझ सुरु

हिंसा भड्काएको आरोपमा शाहरुख विरुद्ध अदालतमा केश दर्ता, जाँचबुझ सुरु

फागुन ४ । बलिउड सुरस्टार शाहरुख खानलाई फिल्म रइसको प्रमोशनका बेला कोटा रेलवे स्टेशनमा बबाल गर्ने, स्टेशनको सम्पति नोक्सान पु¥याएको भन्दै अदालतमा केस दर्ता भएको छ ।

आफ्नो याचिकामा विक्रम सिंहले २३ जनवरीमा खानले कोटा रेलवे स्टेशनमा फिल्म रइशको प्रमोशनका बेला उनका सर्मथकले हंगामा गरेको र त्यहि बेलामा अभिनेता शाहरुख खानले केही चिज रेलवे स्टेशनमा फालेको आरोप लगाइएको छ ।

त्यही बेला सिंहकी ट्रली पल्टिएको थियो जसका कारण सिंह पनि घाइते भएका थिए । अदालतले यसको बारेमा जाँच सुरु गरेको छ ।

Sarukh Khan

विशेष