१७ वर्षपछि फर्किदै एतिहासिक मोबाइल सेट 'नोकिया ३३१०'
१७ वर्षपछि नोकियाको सर्वाधिक रुचाइएको एतिहासिक मोबाइल सेट नोकिया ३३१० को पुन: आगमन हुने भएको छ । नोकियाको ३३१० को सेटलाई पहिलोपटक सन् २००० लन्च गरिएको थियो ।
नोकियाको ब्रान्ड विस्तार गर्ने अधिकार प्राप्त गरेको फिनिस कम्पनी एचएमडी ओए ग्लोबलले फेरवरीको अन्तसम्ममा नयाँ संस्करण बजारमा ल्याउने बताएको छ ।
नोकिया ३३१० लामो समयसम्म ब्याट्रि टिक्कने र स्नेक गेमका कारण चर्चित बनेको थियो । नोकिया कम्पनीका अनुसार नोकियाको यो मोबाइल सेटले २००५ मा सर्वाधिक कमाइ गरेको थियो । १२६ मिलियनले यो मोबाइल सेट खरिद गरका थिए ।
कम्पनीका अनुसार यो सोट सुरुमा युरोप र उत्तर अमेरिकामा मात्र उपलब्ध हुनेछ । यसको विक्रि मूल्य ५९ यूरो लाखिएको छ । जवकी पहिलोपटक २००० लन्च हुँदा यसको मूल्य १ सय २९ पाउड स्टालिङ डलर तोकिएको थियो ।
नयाँ संस्करणको मोबाइल पनि धेरै समयसम्म ब्याट्रि टिक्ने र यसमा दोस्रो संस्करणकोे स्नेक गेम रहने कम्पनीले जनाएको छ ।
नोकिया ३३१०