समाज

महावीर पुनद्वारा पदक बेच्ने घोषणा

महावीर पुनद्वारा पदक बेच्ने घोषणा
फागुुन - ४ । राष्ट्रिय आविष्कार केन्द्र स्थापनामा सक्रिय सामाजिक अभियान्ता महावीर पुनले आफ्ना पदक विक्री गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्राप्त गरेका सबै पदक बेच्चे घोषणा गरेका हुन् । पुनले फेसबुकमार्फत पदक जम्मा गर्न चाहने इच्छुक व्यक्तलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले बिक्री गर्ने मेडलको लिस्ट नै सार्वजनिक गरेका छन् । उक्त लिस्टमा म्यागासेसे पदकसँगै राष्ट्रदीप, नेपाल सरकारबाट प्राप्त दुई मेडल, युएसएबाट प्राप्त इन्टरनेट हल फेम, युएसएबाटै प्राप्त अनर ग्राज्याजुएट युर्निभरसिटी अफ नेब्रास्का र डा. हर्क गुरुङ पर्वतीय पुरस्कारलगायत रहेका छन् । ‘मैले २५ वर्षसम्म समाज सेवाको काम गर्दा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्था र नेपाल सरकारबाट समेत गरेर विभिन्न किसिमका पदक पाएको छु, ती पदक कोठाको कुनामा बसिरहेका छन्,’ पुनले लेखेका छन्, ‘यदि पुराना पदकहरुको संग्रहकर्ता कोही हुनुहुन्छ र मैले पाएका पदक किनेर सुरक्षित साथ संग्रह गर्न चाहनुुन्छ भने इमेलमा सम्पर्क गर्नुहोला ।’
https://www.facebook.com/mahabir.pun/posts/10154846242985479?pnref=story

mahabir pun

विशेष