देश

सक्ला गाविस परिषदको माईनुट खलंगा लेखिएको खुलासा

सक्ला गाविस परिषदको माईनुट खलंगा लेखिएको खुलासा
फागुन - १ । जाजरकाेट जिल्लाको उत्तर पुर्वमा पर्ने सक्ला गाविस परिषदको माईनुट जिल्ला सदरमुकाम खलंगामा लेखिएको खुलासा भएको छ । गाविस सचिवले राजनैतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका प्रमुख तथा प्रतिनीधिहरुलाई ब्यवास्था गर्दै जिल्ला सदरमुकाम खलंगामा बसेर परिषदको माईनुट लेखेको भन्ने चौतर्फी गुनासो बढेको छ । सक्ला गाविसको गणतान्त्रीक १० औ गाउँ परिषद गत पुस २८ गते गाविसमै सम्पन्न गरिएको भएता पनि ३० लाखको बजेट खलंगामै बसेर माईनुट लेखेर सचिवले बिनियोजन गरेको स्थानियहरुले आरोप लगाएका छन् । ३० लाख बाहेकको अन्य बजेट गाविस परिषदद्धारा बिनियोजन गरिएको भएता पनि ३० लाख रुपैया लुकाएर गाविस सचिवले परिषदलाई छलेको उनीहरुको आरोप छ । गतबर्ष सम्पन्न गाउँ परिषदले २४ लाखको बजेट बिनियोजन गरेको भएता पनि ५९ लाख रुपैया स्वीकृत भएर आएपछि ३५ लाख रुपैया पनि खलंगामै बसेर सचिवले मनोमानी रुपमा बिनियोजन गरेको सक्ला–२ का मोहन सिंहले आरोप लगाएका छन् । गाविसबोर्डमा रहेका बिषयगत कार्यालयका प्रतिनीधिलाई पनि जानकारी नहुने गरि सचिवले बजेट बिनियोजन गर्ने गरेको भेटनरी जेटिए गोविन्द सिंहले जानकारी दिए । चालु आर्थिक बर्षका लागि स्वीकृत ३५ लाख रुपैया, यसबर्ष सम्पन्न गाउँ परिषदको ३० लाख रुपैगा खलंगा कोटा भित्र बसेर सचिवले बजेट बिनियोजन गरेको भन्ने लिखित उजुरी जिल्ला बिकास समितिको कार्यालयमा परेको योजना अनुगमन तथा प्रशासकिय अधिकृत गणेश प्रशाद खनालले जानकारी दिए । जिविसमा परेको लिखित उजुरीलाई आधार बनाएर तत्काल गाविस सचिवलाई जिविसमा वोलाएर लिखित रुपमा स्पष्टीकरणको माग गर्ने र चित्त बुझ्दो जवाफ नआए कारवाहीको प्रक्रियालाई अगाडी बढाउने अधिकृत खनालले वताए । गाविस सचिव ठगेन्द्र गिरी र सेपुखोला स्वास्थ्य चौकी इन्चार्ज बीरराज सिंहको मिलेमतोमा यस्तो भएको स्थानियहरुको आरोप छ । यो समचार तयार पार्दा सम्म गाविस सचिव ठगेन्द्र गिरीलाई फोन सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन् ।
दीपबहादुर घर्ती / जाजरकोट

खलंगा जाजरकाेट

विशेष