स्वास्थ्य

कारागारमा मानसिक अस्पताल

कारागारमा मानसिक अस्पताल
फागुन ५ । नख्खु कारागारमा २५ शय्याको मानसिक अस्पताल बनाईदै छ । अस्पताल निर्माणसँगै कारागारका मानसिक रोगी कैदीबन्दीलाई उपचारमा सहज हुनेछ लगनखेलस्थित मानसिक अस्पतालमा उपचार गराइरहका कैदीबन्दीलाई कारागार परिसरमै उपचार पाउनेछन् । अस्पताल भवन निर्माण दु्रत गतिमा भइरहेको कारागारका जेलर टेकबहादुर केसीले जानकारी दिए । ‘कहि दिनमै ढलान सुरुगरिनेछ ।’ उनले भने निर्माण पूरा भए कारागारमा मानसिक बिरामीलाई सहज हुन्छ । आजभोलि दैनिक २-३ जनालाई मानसिक उपचार गराउने मानसिक अस्पताल लगनखेल पु¥याउनु पर्छ । उनका अनुसार मानसिक रोगी व्यवस्थापन गर्न कैदीबन्दीहरुबाटै बनेको आन्तरिक प्रशासन समेतलाई गाह्रो परेको छ उनले भने मानसिक अस्पताल ललितमुरमा रहेकाले विभन्नि जिल्लाबाट मानसिक रोगी कैदीबन्दी नख्खु कारागारमै सरुवा भएर आउने गरेका छन् । अस्पताल बनेपछि मानसिकसँगै अन्य रोगको उपचार हुने उनले बताए । कान्तिपुर

विशेष