समाज

झापामा आगलागी ४२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट

झापामा आगलागी ४२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट

फागुन ५ । झापाको गौरादह नगरपालिकामा आगलागी हुँदा ४२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

गएराती साढे १ बजेतिर गौरादह–१ का देवराज लिम्बुको घरमा आगलागी भएको थियो । आगोले लिम्बुको दुई तले काठको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट ४२ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी नायव निरीक्षक नगेन्द्रकुमार भगतले जानकारी दिए ।

आगलागीबाट ९ वटा पशु चौपाया, १ सय ५० वटा कुखुरा सहित घर भित्र रहेको खाद्य सामाग्री, लताकपडा समेत जलेर नष्ट भएको हो । त्यस्तै उनको घरमा डेरागरी बस्ने निरा सुब्बाको नगद २ लाख ५० हजार, ५ तोला सुन, २० तोला चाँदीसहित कोठाभित्रका सबै सामान जलेर नष्ट भएको छ ।

गौरादहमा घर निर्माण गरिरहेकी सुब्बाले हिजो मात्र कोरियामा रहेका श्रीमान धन सुब्बाले पठाइदिएको अढाई लाख रुपैयाँ बैंकबाट निकालेकी थिइन् । दमक र विर्तामोडको दमकल तथा स्थानीयको सक्रियतामा आगलागी डेढ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

aglagi

विशेष