खेल

चौथो उदयपुर गोल्डकपको उपाधिका लागि मोरङ र रुपन्देही ११ भिड्ने

चौथो उदयपुर गोल्डकपको उपाधिका लागि मोरङ र रुपन्देही ११ भिड्ने

फागुन ५ । चौथो उदयपुर गोल्डकप फुटवलको उपाधिका लागि मोरङ फुटवल क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

थरुहट रंगशालामा अपरान्ह साढे २ बजेपछि खेल सुरु हुनेछ । मोरङ संकटा क्लबलाई र रुपन्देही हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । ८ टिम सहभागी प्रतियोगिताको उपाधि विजेताले २ लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

त्यस्तै १९ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिता आज सुरु हुदैछ । उद्घाटन खेलमा संकटा क्लब र भारतको दुर्गापुर कोलकात्ता क्लबीच प्रतिस्पर्धा हुनेछ । खेल धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा अपरान्ह २ बजे सुरु हुनेछ । दुई विदेशी सहित १० टोली सहभागी रहेको आयोजकले जनाएको छ । विजेताले ५ लाख र उपविजेताले साढे २ लाख नगद प्राप्त गर्नेछन् ।

यसअघि विजेताले ४ र उपविजेताले २ लाख पाउदै आएका थिए । नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, काँकडभिट्टा ट्रेनिङ सेन्टर, धरानको निलो र रातो, पोखरा तथा भारतको युनाईटेड सिक्किमले प्रतियोगितामा सहभागीता जनाउनेछन् ।

Udayapur Goldcup

विशेष