समाज

जुम्लामा ट्रक पल्टिँदा तीन जनाको मृत्यु एक जना घाइते

जुम्लामा ट्रक पल्टिँदा तीन जनाको मृत्यु एक जना घाइते
फागुन ३ । जुम्लामा आज बिहान मिनि ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नाग्मबाट सिंजा गोठिज्यूला जादै गरेको ना च ख ९२७२ नम्बर मालवाहक ट्रक सिंजा वड्की – २ को देयारगाउंमा पल्टीएको जिल्ला प्रहरी कार्यालयले वताएको छ । घटनास्थलमा तिर्थराम चौधरीको चालक अनुमति पत्र फेला परेपनि मृतक सवैको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक पल्टिएको खवर प्राप्त भएपछि नराकोट प्रहरी चौकीवाट प्रहरी घटनास्थलमा पठाइएको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए ।

Jumla District

विशेष