स्वास्थ्य

गाउँ–गाउँमा स्टेचर वितरण

गाउँ–गाउँमा स्टेचर वितरण
फागुन ५ । सुर्खेतमा बिरामीलाई सहजरुपमा स्वास्थ्य संस्थामा लैजान सहयोग पुर्‍याउने उद्देश्यले केही गाउँमा स्टेचर वितरण गरिएको छ । क्षेत्र नम्बर–१ का सांसद पूर्णबहादुर खड्काको सहयोगमा पश्चिम सुर्खेतमा २८६ ओटा स्टेचर वितरण गरिएको हो । नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतको पहलमा सांसद खड्काद्वारा स्थापित सांसद छात्रवृत्ति अक्षय कोषको रकमबाट स्टेचर वितरण गरिएको हो । क्षेत्र नम्बर–१ मा ३४२ र क्षेत्र नम्बर–२ मा ३०७ ओटा स्टेचर वितरण गरिने सांसद खड्काले जानकारी दिए ।

Purna Khadka

विशेष