प्रवास

अमेरिका प्रवेश गर्न लागेका ३ सय नेपाली मेक्सिकोमा अलपत्र, २३ जना मेक्सिको जेलमा

अमेरिका प्रवेश गर्न लागेका ३ सय नेपाली मेक्सिकोमा अलपत्र, २३ जना मेक्सिको जेलमा

फागुन ५ । अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् ।

अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेका छन् । आरम्भमा २० देखि २५ भनिने तर बाटोमा थप रकम माग्दै जानले लागत रकम बढ्ने गरेको हो ।

त्रिभुवन विश्व विद्यालयबाट स्तानकोत्तर गरेका तुल्सिपुर दाङका सुलभ भट्टराईले आफ्नो नाम सबै स्थानमा परिवर्तन गरेर आएको जानकारी दिए । उनले नागरिकतादेखि विद्यालय सर्टिफिकेटमा समेत नाम परिवर्तन गरेका छन् । उनी अमेरिका प्रवेश गरेको चार साता भइसकेको भए पनि उनकै टोलीमा रहेका कैयनले अमेरिका प्रवेश गर्न पाएका छैनन् ।

डीसीस्थित नेपाली दूतावासमा पनि मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खवर आएको छ । यद्यपी ति नेपालीहरु महिनौ लगाएर आएका हुनाले अलपत्र पनि कसरी भन्नु भन्दै उनीहरुको बारेमा जानकारी लिने काम भइरहेको दूतावासका एक अधिकारले जनाए । पछिल्लो समय अमेरिकाको विभिन्न राज्यको जेलमा नै २३ जना नेपाली रहेको दुतावास स्रोतले बताए ।

नेपालमा अवसर नदेखेपछि लाखौ खर्चेर नेपालीहरु अमेरिका जाने गरेका हुन् । तान्जानिया, केन्याबाट दक्षिण अमेरिका हुदै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन् । यो बाटो क्युवीयन रुट भनेर चिनिन्छ ।

अमेरिका

विशेष