खेल

एकेडेमी ट्वेन्टी–ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

एकेडेमी ट्वेन्टी–ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
फागुन–५ । आगामी चैत महिनामा नेक्सास कप अण्डर १६ अन्तर एकेडेमी ट्वेन्टी–ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेक्सस क्रिकेट एकेडेमीले क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । एकेडेमीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिता लिग तथा नकआउटको आधारमा हुने पनि बताएको छ । मूल आयोजक समितिका संयोजक भरतकुमार शाहीका अनुसार प्रतियोगितामा देशभर रहेका निजी तथा सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट एकेडेमी तथा क्लबहरु मध्येबाट ३२ टिमका ४ सय ४८ खेलाडीहरुको सहभागिता रहनेछ । आगामी चैत १५ गतेदेखि वैशाख ५ गतेसम्म भक्तपुरको सैनिक आवासीय उमाविको खेलमैदान लगायत तीन ठाउँमा हुने प्रतियोगितामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा उतीर्ण भएको व्यक्तिहरु मात्र सहभागि हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेतालाई १ लाख रुपैयाँ र म्यान अफ द सिरिजलाई २० हजार, इमरजिङ्ग खेलाडीलाई १५ हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

एकेडेमी ट्वेन्टी–ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता नेक्सास कप

विशेष