मनोरञ्जन

भूमिबाट संजय दत्तको कमब्याक

भूमिबाट संजय दत्तको कमब्याक
फागुन – ५ । हिन्दी फिल्मका सुपरस्टार संजय दत्त जेल मुक्त भए लगत्तै पुनः रंगिन दुनियामा फर्किएका छन् । संजयले आफ्नो कमब्याक फिल्म भूमिको सुटिंग सुरु गरेका हुन् ।
यो फिल्मको सुटिङ आगरामा हुँदै छ । भूमिमा संजयका साथै अभिनेत्री अदिति राव हैदरीको अभियन देख्न सकिन्छ । फिल्मको निर्देशन ओमंग कुमारले गर्दै छन् । ओमंगले योभन्दा पहिला प्रियंका चोपडाको साथमा मैरी काँम जस्तो हिट फिल्म निर्देशन गरिसकेका छन् ।
भूमिमा अदितति संजयको छोरीको रुपमा पर्दा देखिदै छिन् । यो फिल्म बाबु छोरीको सम्बन्धमा आधारित रहेको छ । भूमि फिल्म भावनात्मक ड्रामा फिल्म हो । यो फिल्मले संजय दत्तको छविलाई सुधार गर्ने बताइन्छ । संजय र अदिति अभिनित भूमिको रिलीज डेट अगस्त ४ राखिएको छ ।

संजय दत्त

विशेष