खेल

बार्सिलोना अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना एक प्रतिशत– नेइमार

बार्सिलोना अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना एक प्रतिशत– नेइमार
फागुन–५ । च्याम्पियन्स लिगमा बार्सिलोना अघिल्लो चरणमा पुग्ने सम्भावना एक प्रतिशत मात्र बाँकी रहेको नेइमारले बताएका छन् । लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले फराकिलो हार व्यहोरेपछि अघिल्लो चरणमा पुग्ने सम्भावना निकै कम रहेको नेइमारले बताए । पहिलो लेगमा बार्सिलोना मंगलबार राति पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४–० ले पराजित भएको थियो । नेइमारले इन्स्टाग्राममा गरेको पोस्टमा बार्सिलोना अघिल्लो चरणमा प्रवेश गर्न एक प्रतिशत मात्र सम्भावना रहेको र ९९ प्रतिशत बाहिरिने खतरा रहेको बताएका छन् । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको दोस्रो लेग आँउदो मार्च ८ मा खेल्नेछ ।

नेइमार बार्सिलोना

विशेष