खेल

उदयपुर गोल्डकपको उपाधि रुपन्देही ११ लाई

उदयपुर गोल्डकपको उपाधि रुपन्देही ११ लाई
फागुन–५ । रुपन्देही ११ ले चौथो उदयपुर गोल्डकप फुटबलको उपाधि जितेको छ । थरुहट रंगशालामा भएको खेलमा मोरङ ११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले उपाधि जितेको हो । बिहीबार उपाधि जितेसँगै रुपन्देहीले दुई लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै उपविजेता बनेको मोरङले एक लाख रुपैयाँ पुरस्कार पाएको छ । म्यान अफ दि म्याच रुपन्देहीका पिटर घोषित भए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मोरङका निरज बस्नेत घोषित भए । उत्कृष्ट गोलरक्षकमा रुपन्देहीका दिलिप क्षेत्री चुनिए । गएको माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।

उदयपुर गोल्डकप उपाधि रुपन्देही ११

विशेष