समाज

शिक्षा नियमावली चाँडै ल्याइने

शिक्षा नियमावली चाँडै ल्याइने
फागुन - ५ । सार्वजनिक शिक्षा क्षेत्रमा योगदान दिने तीन व्यक्तित्वलाई शिक्षा पत्रकार समूहको १७ औँ वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको छ । शिक्षा तथा लैङ्गिक समताका क्षेत्रमा कार्यरत दिदीबहिनी संस्थाका संस्थापक अध्यक्ष सलोनी सिंह, सिन्धुपाल्चोक मेलम्ची घ्याङ माविका प्रअ पूर्ण गौतम र पाल्पास्थित देववाणी संस्कृत तथा साधारण माविका शिक्षक कृष्णबहादुर थापालाई सम्मान गरिएको हो । कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले सार्वजनिक शिक्षाको सुधार र विकासका लागि शिक्षा ऐनबमोजिम चाँडै शिक्षा नियमावली आउने जानकारी दिए। व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले सरकारले शिक्षा नियमावली ल्याउन ढिलाइ गरेकामा गुनासो गर्दै समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने निकायलाई कारबाही गर्न माग गरे । सांसद् जीवन परियार, शिक्षा मन्त्रायका सचिव शान्तबहादुर श्रेष्ठ, शिक्षाविद् प्रा केदारभक्त माथेमालगायतले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

शिक्षा नियमावली

विशेष