खेल

मिरा राईलाई नगद ३० लाख सहित सम्मान गर्ने खेलकुद मन्त्रालयको तयारी

फागुन ६ । युवा तथा खेलकुद मन्त्रालयले विश्व अल्ट्रा धाविका मिरा राईलाई नगद तीस लाख नगद सहित सम्मान गर्ने भएको छ । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुर्व विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले यस्तो तयारी थालेको हो । विश्व अल्ट्रा धाविकाको रुपमा स्थापित भएकी मिरा राई यस वर्षको विश्वको चर्चित टेलिभिजन नेश्नल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । उनी यतिबेला सोही पुरस्कार वितरणको तयारीको क्रममा तस्बिर खिचाउनको लागि अमेरिका पुगेकी छिन् । युवा तथा खेलकुद मन्त्रालयले तिब्र गतिमा मिरा राईलाई नगद सहित सम्मान गर्ने तयारीलाई अगाडी बढाएको छ । भोजपुरकी मिरा राई किशोर उमेरमा माओवादी युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै पिएलए स्पोर्टस क्लव देखि खेल जीवन शुरु गरेकी उनलाई अनमिनले अयोग्य लडाकु भन्दै शिबिरबाट बाहिर निकालेको थियो । आर्थिक अभावका कारण मलेशिया जान पासपोर्ट समेत तयार पारेकी उनलाई बालाजु कराते डो–प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक धुर्व विक्रम मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काएका थिए । मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्यारथनमा १७ वर्ष अघि देखिको विश्व विजेतलाई पछि पार्दै च्याम्पीयन बनेकी थिइन् ।

mira rai

विशेष