ताजा खबर समाज

सरकारले अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने

सरकारले अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने

फागुन ६ । सरकारले अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने भएको छ ।

देशका प्रमुख शहरहरुमा अव्यवस्थित बसोबास बढ्दा शहरको सुन्दरता र आगलागि लगायतका दुर्घट्नाको जोखिम बढेको निश्कर्ष निकाल्दै सरकारले समस्या समाधानका लागि बसोबास आयोग गठन नै गरेको भूमि सुधार मन्त्री बिक्रम पाण्डेले जानकारी दिएका छन् ।

देशका विभिन्न भागमा समस्याको रुपमा रहेका अव्यवस्थित बसोबासको उचित व्यवस्थापन गर्न सरकारले बसोबास आयोग गठन गरेको मन्त्री पाण्डेले बताए । भूमि व्यवस्थापनमा क्षेत्रमा देखिएका मुख्य समस्या समाधान गर्न सरकारले लिएका निर्णय र नीतिबारे जानकारी गराउन बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले अव्यवस्थित बसोबास बसाउने दावी समेत गरे ।

आयोगको केन्द्रमा भूमि सुधार मन्त्रीको अध्यक्ष नौं सदस्यीय समिति रहने व्यवस्था गरिएको छ भने जिल्लाहरुमा गठन हुने समिति ११ सदस्य हुनेछन् । अव्यवस्थित बसोबासका कारण सडक समेत अतिक्रमण हुँदै गईरहेका बेला सरकारले सो समस्या समाधानका लागि आयोग गठन गरेको मन्त्री पाण्डेले जानकारी दिए ।

Bikram Panday

विशेष