मनोरञ्जन

रणबिरकी आमा बन्दै नायिका मनिषा कोइराला

रणबिरकी आमा बन्दै नायिका मनिषा कोइराला

फागुन ६ । नायिका मनिषा कोइरालाले ’भूत रिटर्नस’ पछि अर्को फिल्ममा अभिनय गर्ने भएकी छिन् । सन् २०१२ मा क्यान्सरको उपचारपछि उनि मोटिभेसनल स्पिकरको रुपमा सक्रियमा ब्यस्त छिन ।

अब उनी अभिनेता संजय दत्तको बायोपिकमा आधारित फिल्ममा रणबिर कपुरको आमाको भुमिकामा अभिनय गर्ने भएकी छिन् । फिल्ममा अभिनेता कपूरले दत्तको भूमिका निर्वाह गर्दैछन् । फिल्ममा दत्तको श्रीमतीको भुमिकामा सोनम कपूर देखिंदैछिन् ।

नर्गिस दत्तको रुपमा देखिन लागेकी मनिषाले बलिउड हंगामासँग भनेकी छिन्,’नर्गिसजी जस्तो प्रतिभावान व्यक्तीको भूमिका जस्ताको त्यस्तै उतार्न गाह्रो हुन्छ। तर पनि सक्दो राम्रो गर्ने कोसिस गर्छु ।’

मनिषाले दत्तको जीवन कथामाथी बन्न लागेको फिल्ममा टिम राम्रो भएको बताइन् ।  रियल जीवनमा क्यानसरसँग लडेकी मनिषाको रिल जीवनमा पनि क्यान्सर भोग्नुको पिडा आफ्नो अभिनयमा देखाउनेछिन् ।

manisha koirala

विशेष