मनोरञ्जन

यस्तो आयो राधेको टिजर

यस्तो आयो राधेको टिजर

फागुन ५ । अभिनेता निखिल उप्रेती र अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘राधे’ को टिजर सार्वजनिक भएको छ । टिजरमा भारतीय कमाण्डरको भूमिकामा देखिएका निखिल एक्सन अवतारमा देखिएका छन् ।

फिल्म वैशाख १ गते रिलिज हुने बताइएको छ । फिल्ममा निखिलसँगै प्रियंका कार्की, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, शिशिर भण्डारी तथा सलोन बस्नेतको पनि अभिनय रहेको छ ।

फिल्मलाई जगलिश्वर थापाले निर्देशन गरेका हुन् ।

Flim Radhe

विशेष