मनोरञ्जन

रेखाको पत्रले भावुक बने आमीर

रेखाको पत्रले भावुक बने आमीर
फागुन ६ । बलिउडमा अत्याधिक कमाई गरेको फिल्म ‘दंगल’ को सफलताको पार्टीमा जब रेखा पुगिन् तब आमीरका आँखा रसाए । पार्टीमा बिरलै पुग्ने रेखा आमीरको उक्त पार्टीमा आमीरलाई केवल एउटा उपहार दिन पुगिन् । रेखाले उपहारस्वरुप आमीरबहलाई पत्र दिइन् जुन पत्रले आमीर भावुक बनेका थिए । फिल्म दंगलबाट आमीरले उल्लेख्य रुपमा बधाइ पाए । तर, रेखाले दिएको बधाइको पत्रले आमीरको मनमा भिन्न छाप बस्यो । पत्र पढ्दा पढ्दै भावुब बनेका आमीरले उक्त पत्र सधैँ आफ्नो साथमा राख्ने बताए । रेखा पार्टीमा त्यति नजाने भएपनि उक्त पार्टीमा केवल त्यो पत्र आमीरलाई दिन पुगेको कारण पनि आमीर अत्यन्त खुशी भएको बताए ।

Amir Khan Reka

विशेष