स्वास्थ्य

यी ६ तरिका अपनाउनुहोस्, जवान देखिनुहोस्

यी ६ तरिका अपनाउनुहोस्, जवान देखिनुहोस्

 १) स्वस्थ खाना खाने

 उमेर बढ्दै जानुसँगै अनुहार चाउरिनु र बुढो देखिदैँ जानु स्ववाभिक हो । हाम्रा शरीरमा पनि छालामा रहेका कोषिकाहरु पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहन्छन् । छालामा नयाँ कोषिका बढि मात्रामा उत्पन्न हुँदा छालाको चमक कायम रहन्छ । यसर्थ छालामा चाउरी पर्न नदिनका लागि स्वस्थ खाना खाने गर्नुपर्छ जसले गर्दा नयाँ कोषिका सिर्जना हुनमा मद्दत गर्छ ।

२) प्रशस्त पानी पिउने

 प्रशस्त पानी पिउनाले छाला चम्किलो र जवान देखिन्छ । शरीरमा पानीको मात्रा कम हुँदा छाला रुखो, सुख्खा र अनाकर्षक बन्छ । तसर्थ आफ्नो छालाको चमक र सुन्दरालाई कायम राख्न दैनिक तीनदेखि चार लिटर पानी पिउने गर्नुपर्छ । पानी पिउनाले छालालाई खराब गर्ने टक्सिन पसिना पिसाबबाट जान्छ ।

३) म्वाइस्चराइजिङ क्रिम लगाउने

 अनुहारमा चिल्लो प्रकारको क्रिम नै ठीक हुन्छ । अर्थात, म्वाइस्चराइजिङ क्रिमले छालामा सुखापन आउन नदिएर छालाको कान्तिलाई कायम राख्छ । यो क्रिम लगाउँदा पनि विशेष ध्यान दिनुपर्छ । क्रिम लगाउँदा हातलाई तलबाट माथि गर्दै क्रिम दल्नुपर्छ ।

४) हर्बल ग्रिन टीको सेवन

 हर्बल ग्रिन टीमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुने हुनाले यसले छालाको बुडढ्यौली घटाउँछ । यसमा क्याफीनको मात्रा कम हुने हुनाले यसले शरीरलाई हाइड्रेटेड गराउँछ । कफीजस्ता पेय पदार्थले मानसिक तनाव बढाउनुको साथै छालालाई पनि बिगार्ने गर्छ ।

५) नियमित रुपमा व्यायम गर्ने

 व्यायाम गर्नु स्वस्थको लागि फाइदाजनक हो । व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुन्छ । यसले शरीरका हरेक कोषिकामा पोषक तत्व पुर्याउने गर्छ । यसका साथै तीव्र श्वासप्रश्वास र रक्तसञ्चार हुँदा शरीरमा अक्सिजनको इन्टेक पनि बढ्छ । यसले गर्दा छाला सुख्खा हुँदैन र चाउरी पदैँन ।

६) तनावरहीत जीवन बाच्ँने

तनाव स्वस्थको लागि कुनै कोणबाट पनि फाइदाजनक हुँदैन । तनाव लिनाले शरीरका कोषिका नष्ट हुन्छन् । यस्ता कोषिका नष्ट भएका छाला झोल्ल्एिजस्तो देखिने, दाग देखिने, चाउरी देखिने, छाला रुखासुखा हुने आदि हुन्छ । यसर्थ ध्यान, योग, जगिङ, गार्डेनिङ, घरपालुवा जनावरसँग्को घुलमिल र खेलकुद आदिले पनि मानसिक तनाव घटाउँछ जसले सिधै सुन्दरतामा असर पार्छ ।

Health

विशेष