खेल

एक करोड क्षतिपूर्ति कुनै हालतमा नलिने– थ्रीस्टार

एक करोड क्षतिपूर्ति कुनै हालतमा नलिने– थ्रीस्टार
फागुन–६ । एएफसी कपको छनोट खेल्ने अवसरबाट वञ्चितब गराएबापत अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिने भनेको एक करोड क्षतिपूर्ति थ्री–स्टार क्लबले नलिने जनाएको छ । थ्रीस्टारका महासचिव सञ्जिव शिल्पकारले छनोट खेल्न क्लबको खर्च नै २ करोडभन्दा धेरै भएको भन्दै १ करोड रुपैयाँ कुनैपनि हालतमा नलिने बताएका छन् । ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकोमा एन्फाले एक करोड दिने प्रस्ताव अनौपचारिक रुपमा गरेपनि त्यो मान्य नहुने क्लबले जनाएको हो । एशियाली फुटबल महासंघ (एएफसी)ले दोश्रो चरणको छनोट खेल्न नाम पठाउन पटकपटक पत्राचार गर्दापनि एन्फाले नाम नपठाउँदा पहिलो चरण पार गरेको थ्रीस्टार छनोट खेल्नबाट वञ्चित भयो । थ्रीस्टारले दोश्रो चरण खेल्न नपाएपछि एन्फाले ६ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गर्दै उजुरी गरेको छ ।

एएफसी कप क्षतिपूर्ति थ्रीस्टार

विशेष