खेल

धरान गाेल्डकपमा पुलिस क्लब विजयी, भलिबलकाे फाइनलमा नेपाल अार्मी र पुलिस भिड्ने

धरान गाेल्डकपमा पुलिस क्लब विजयी, भलिबलकाे फाइनलमा नेपाल अार्मी र पुलिस भिड्ने
फागुन–६ । धरान गोल्डकपअन्तर्गत शुक्रबारकाे खेलमा विभागीय टिम नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुनसरीको धरान– १७ पूर्वाञ्चल एन्फा एकेडेमीको खेल मैदानमा शुक्रबार भएको खेलमा आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा हराउँदै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धा्रित अवधिभर एक एकको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइबे्रकरमा दुवैतर्फबाट ५–५ गोल भएपछि खेल सडनडेथमा गएको हो । भोलि कांकडभिट्टा ट्रेनिङ सेन्टर र रुपन्देही ११ बीच हुने आयोजकले जनाएको छ । त्यसैगरी ताप्लेजुङमा जारी दोस्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली एपीएफ क्लबलाई तीन शून्यको सोझो सेटमा हराएर उपाधि नजिक पुगेको हो । आर्मीले एपीएफलाई २६–२४,२५–१९ र २५–१७ को सेटमा हरायो । त्यस्तै अर्को खेलमा पुलिसले मध्यामञ्चललाई तीन शून्यकै सोझो सेटमा हराउदै फाइनलमा पुगेको हो । पुलिसले सहज जित निकाल्ने क्रममा मध्यामञ्चललाई २५–९,२५–१६ र २५–१३ को सेटमा स्तब्ध पारेको थियो । प्रतियोगिता अन्तर्गत फाइनल खेल भोलि हुनेछ ।

धरान गाेल्डकप भलिबल

विशेष