अब फेसबुक प्रोग्रामले आतंकवादीको पहिचान गर्ने
फागुन - ६ । फेसबुकले एउटा यस्तो सफ्टवर बनाउने प्रयास गरिरहेको जसले फेसबुकमा प्रकाशित हुने सामाग्रीलाई जाँच गर्ने सक्ने छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले एक खुला पत्र जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
उक्त पत्रमा बताइए अनुसार एलगारिदम वा गणितीय प्रोग्राम बनाइने छ, जसले आतंकवाद, हिंसा, बुलिंगलगायत आत्महत्या पनि रोक्न सकिने छ । ५५०० पनाको उक्त पत्रमा फेसबुकको भविष्यको बारेमा पनि चर्चा गर्दै जुकरवर्गले दैनिक जसो प्रकाशन हुने अरबौँ पोस्ट्स र सन्देशहरु नयाँ प्रविधिको विकाससँगै जाँच गर्ने सकिने दाबी गरे । उनले भने, – ‘अब एउटा यस्तो प्रविधिको विकास गर्ने प्रयास हुँदै छ, जो शब्दलाई पढ्न सक्ने छ, तस्बिर वा भिडियोलाई निरिक्षण गर्न सक्ने छ र खतराको संकेतलाई समेत बुझ्न सक्ने छ ।’ फेसबुक प्रमुखका अनुसार यो योजना बिल्कुल सुरुवाती दौड मात्रै हो । उनले अहिले आर्टिफिशियल इन्टेलिजेन्सीको निमार्णको सोच बनाइरहेको बताएका छन् । जसले आतंकवादीसँग सम्बन्धित सन्देश र प्रचारबीच फरक पत्ता लगाउन सक्ने छ । त्यसको परीक्षण प्रश्चात मात्रै नयाँ योजना अगाडि बढाइने उनले जनाएका छन् । २०१४ लण्डनमा एक ब्रिटिस सैनिकको हत्या गर्ने व्यक्तिले महिना पहिले फेसबुकमा आफ्नो भनाई राख्दा पनि थाहा नभएको भन्ने आरोपको सामना फेसबुकले गर्नु परेको थियो । इन्टरनेट सुरक्षालाई लिएर अन्दोलन गर्ने एक संस्थाले फेसबुकको यो कदमलाई स्वागत गरेको छ । यही संस्थाले पहिला फेसबुकको आलोचना गर्दै आएको थियो । आतंकवाद फेसबुक मार्क जुकरवर्ग