खेल

नयाँ खेलकुद ऐन अाउँदै

नयाँ खेलकुद ऐन अाउँदै
फागुन - ६ । सरकारले खेलकुदको विकासका लागि नयाँ ऐन ल्याउने भएको छ। युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले शनिबार छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनका क्रममा पन्ध्रवर्षीय खेलकुद गुरुयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताउँदै खेलकुदको विकासका लागि खेलकुद विश्वविद्यालय, खेलकुद ग्राम र खेलकुद प्रतिष्ठान निर्माणको तयारीमा मन्त्रालय लागेको समेत अवगत गराए। जिविसको आयोजनामा खोलागाउँको सर्कनामा सुरु भएको प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, दौड, छेलोलगायत खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

खेलकुद ऐन दलजित श्रीपाइली

विशेष