अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा श्रीलंका विजयी, दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ
फागुन–७ ।अस्ट्रेलियाविरुद्धको तीन खेलको सिरिजको पहिलो टी–२० क्रिकेटमा श्रीलंकाले जित दर्ता गरेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले ५ विकेटको जित निकालेको हो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन जोड्यो । कप्तान तथा ओपनर आरोन फिन्चले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै मिचेल क्लिनजरले ३८ रन तथा त्रभिस हेडले ३१ रनको योगदान गरे ।
श्रीलंकाको लागि लासिथ मालिंगाले २ विकेट लिए भने विकुम सञ्जय र गुणरत्नेले १–१ विकेट हात पारे ।
जवाफि ब्याटिङमा उत्रेको श्रीलंकाले ५ विकेटको क्षतिमा खेलको अन्तिम बलमा लक्ष्य पार गर्यो । अन्तिम बलमा १ रन चाहिएको समयमा चामरा कपुदेगेराले चौका प्रहार गर्दै जित दिलाए । श्रीलंकाको लागि असेला गुणरन्तले ५२ रन, दिलसान मुनबिराले ४४ रन तथा निरोसान डिकवेलाले ३० रनको योगदान गरे । अस्ट्रेलियाको लागि अस्टर टर्नर र एडम जाम्पाले २–२ विकेट लिए । पाट कमिंग्सले १ विकेट लिए ।
त्यस्तै न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टीमा दक्षिण अफ्रिकाले विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले घरेलु टिमलाई ७८ रनले हराएको होे ।
खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो । जवाफमा आएको न्युजिल्याण्डले १४ ओभर ५ बलमा अलआउट हु“दा मात्र एक सय ७ रन बनाउन सक्यो ।
टी–२० क्रिकेट
दक्षिण अफ्रिका
श्रीलंका