इतिहासमा आज

यी नै हुन् २००७ सालबाट २०७३ साल सम्म नेपालमा भएका राजनीतिक घटनाक्रमहरु

यी नै हुन् २००७ सालबाट २०७३ साल सम्म नेपालमा भएका राजनीतिक घटनाक्रमहरु

फागुन ७ । नेपालमा २००७ साल फागुन सात गते राणा शासनको अन्त्य  यो र प्रजातान्त्रिक युगको थालनी भयो । ००७ साल फागुन १७ गते आन्तरिक शासन विधान २००७ घोषणा भयो । २००८ साल फागुन २६ गते प्रधानमन्त्री मोहन शम्सेरले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

२००८ साल मंसिर १ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा १४ सदस्यि मन्त्रीपरिषदको घोषणा भयो । २०१२ साल असोज २२ गते पञ्चवर्षिय योजनाको घोषणा भयो ।

२०१३ सालमा बिपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकारको गठन भयो त्यस लगत्तै २२ सदस्यिय मन्त्रीपरिषद् गठन भयो । २०१७ साल पुस १ गते तात्कालिन राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्दै पञ्चायती व्यवस्थाको थालनी गरे ।

२०१९ साल पुस १ गते पञ्चायती व्यवस्थामा आधारित संविधानको घोषणा भयो । २०३७ साल वैशाख २० गते नेपालमा बुदलिय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्नेमा जनमत संग्रहको घोषणा जेठ १ गते घोषणा ।

२०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म नेपालमा जनआन्दोलन जारी । २०४६ साल चैत्र २६ गते राजा विरेन्द्रद्वारा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सहाना प्रधान र राधाकृष्ण मैनालीलाई सहमतिको लागि बोलावट । सोहि दिन भएको सहमतिमा निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुर्नबहाली । जनआन्दोलन सम्पन्न ।

२०४७ साल जेठ १६ गते कृणप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन, सोहि सरकारद्वारा नयाँ संविधानको खाका तयार । २०४७ साल कार्तिक २३ गते नयाँ संविधानको घोषणा । २०४८ साल जेठ १२ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकाको घोषणा । २०४८ सालमा नेपालमा दोस्रो ऐतिहासिक निर्वाचन कांग्रेसलाई बहुमत ।

२०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा मध्यावधि निर्वाचनको घोषणा । कुनै पार्टीले बहुमत प्राप्त गर्न नसक्दा त्रिशंकु सांसद । २०५१ सालमा नेकपा एमालेका नेता मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन । नौ महिन लामो अधिकारी सरकारपछि कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार ।

२०५२ सालमा माओवादी नेतृत्वमा फागुन १ गते जनयुद्ध सुरु । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डपछि राजा विरेन्द्रको बंश नाश । ज्ञानेन्द्र नयाँ राजा । २०५९ साल असोज १८ गते तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषित गर्दै तात्कालिन सरकार अपदस्त गरी राजनीतिक नेताहरुलाई नजरबन्दमा राख्ने प्रयास ।

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रद्वारा कू गरी सरकार अपदस्त र आफ्नो हातमा शासन सत्ता । सञ्चारमाध्यममा शेन्सरसिप । टेलिफोन सहित सम्पूर्ण सञ्चार माध्यम अवरुद्ध । २०६२ साल मंसिर ५ गते नेपालका प्रमुुख ५ राजनीतिक दल र तात्कालिन विद्रोही माओवादीबीच भारतको नयाँदिल्लीमा १२ बुँदे सहमति । २०६२ साल चैत्र २४ देखि २०६३ साल वैशाख ११ गते सम्म जनआन्दोलन जारी । राजा ज्ञानेन्द्रद्वारा सार्वभौमसत्ता जनतामा रहेको घोषणा । संसद पुर्नस्थापना । राजाको सम्पत्ति राष्ट्रियकरण । मुलुक संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ।

२०६३ साल असार २ गते प्रमुख सात राजनैतिक दल र तात्कालिन विद्रोही माओवादीबीच आठ बुँदे सम्झौता । बृहत शान्ति सम्झौता मंसिर ५ गते भएसंगै १० वर्षे जनयुद्धको विधिवत अन्त्य भएको घोषणा । २०६३ साल माघ १ गते अन्तरिम संविधानको घोषणा ।

२०६४ साल चैत्र २८ गते नेपालमा पहिलो संविधानसभाको निर्वाचन । २०६५ साल जेठ १५ गते संविधानसभाद्वारा नेपालमा लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा । जेठ २१ मा राजा ज्ञानेन्द्रद्वारा सत्ता त्यागको घोषणा । २०७० साल मंसिर ७ मा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न । २०७२ साल वैशाख १२ गते नेपालमा महाभूकम्प र त्यसबाट ठूलो धनजनको क्षति ।

२०७२ साल असोज ३ गते राष्ट्रपति रामबरण यादवद्वारा नयाँ संविधानको घोषणा । त्यो संगै भारतद्वारा ५ महिना लामो नाकाबन्दी ।

2007-2073 Political Party of Nepal

विशेष