खेल

कान्तिपुर हिरो हाफ म्याराथनको उपाधि कान्छिमाया र हरिकुमारलाई

कान्तिपुर हिरो हाफ म्याराथनको उपाधि कान्छिमाया र हरिकुमारलाई

फागुन ७ । सातौँ संस्करणको कान्तिपुर हिरो हाफ म्याराथनको उपाधि पुरुष तर्फ आर्मीका हरिकुमार रिमाल र महिला तर्फ एपीएफकी कान्छिमाया कोजुले जितेका छन् ।

कान्तिपुर पब्लिकेसन्सको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित म्याराथनमा यसपटक पनि विभागिय खेलाडिको बर्चश्व कायमै रह्यो । तेश्रो पटक उपाधि जितेका च्याम्पियन हरिकुमार रिमालले १ घण्टा ६ मिनेट ४१ सेकेण्डको टाईमिङ निकाल्दै उपाधि कब्जा गरे ।

पुरुष तर्फ अनिश थापा मगर दोश्रो र तिर्थ कुमार पुन तेश्रो भए । महिला तर्फकी च्याम्पियन कान्छिमाया कोजुले गत वर्षकी च्याम्पियन विश्वरुपा बुढालाई पछाडि पार्दै चौथो पटक उपाधि जित्न सफल भईन् । कोजुले १ घण्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गरिन् ।

विश्वरुपा दोश्रो र सोनु कार्की तेस्रो भए । उपाधि विजेता रिमाल र कोजुले ५० हजार रुपैयाँ र स्कुटर पाएका छन् । २१ किलोमिटर लामो म्याराथनमा पुरुष तर्फ ९ सय ४७ र महिला तर्फ १ सय १९ जनाले सहभागीता जनाएको कान्तिपुर पब्लिकेसन्सले जनाएको छ ।

काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको सेन्ट्रल विजनेस पार्कमा प्रधानमन्त्री पुष्पकमल दाहालले म्याराथनको उद्घाटन गरेका थिए । माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, गट्ठाघर, सानोथिमी भक्तपुर, सल्लाघारी चोक हुँदै कटुन्जे नजिकबाट फर्कर्दै म्याराथन पुन सोही बाटो हुँदै विजनेस पार्कमा आएर समापन भएको थियो ।

KMG Half Marathan

विशेष