मनोरञ्जन

भारतीय अभिनेत्रीको अपहरण र यौनशोषण !

भारतीय अभिनेत्रीको अपहरण र यौनशोषण !

दक्षिण भारतीय अभिनेत्री भावनाको अपहरण र त्यसपछि यौनशोषण भएकाे छ ।

मलायलम फिल्मकी चर्चित अभिनेत्री मानिने भावनाको कोचीमा अपहरण भएको भारतीय समाचारमाध्यमले जनाएका छन् । प्रहरीले यसको आरोपमा एकलाई पक्राउ गरिसकेको छ भने बाँकीको खोजी जारी रहेको बताएको छ । भावनाको अपहरण र पछि यौनशोषण भएको मुद्दा प्रहरीले दायर गरेको छ ।

प्रहरीका अनुसार उनी सुटिङ सकेर घर फर्कदैं गर्दा तीन जना मानिसले जबरजस्ती गाडी रोकेर उनको फोटो खिच्न सुरु गरे ।  त्यसको केही समयपछि उनलाई अपहरण गरेर गाडीमै घुमाइरहे । राती करिब साढे दश बजे भावनालाई उनको घर नजिकै लगेर उनीहरुले छोडिदिएका थिए ।

भावनाका ड्राइभरलाई पनि प्रहरीले हिरासतमा लिएको छ ।

Bhawana Menan

विशेष