स्वास्थ्य

यसकारण गर्नुपर्छ नियमित जिम

यसकारण गर्नुपर्छ नियमित जिम
जिमप्रति अहिले युवापुस्ताको बढ्दो मोह छ । बाहिरबाट हेर्दा फेसनको लागि मात्र नभएर जिम गर्दा भित्रि फाइदाहरु पनि धेरै छन् । यस्ता छन् जिम गर्नुका फाईदाहरु ।
१) नियमित जिम गर्ने व्यक्तिको शरीरका सेल्सहरु सामान्य मानिसको भन्दा सक्रिय हुन्छन् । यसरी सेल्सहरु सक्रिय हुँदा हर्मोनहरु बढ्छन् । यस्तो शरीरले प्राप्त गरेको पौष्टिक तत्व सोस्ने गर्छ । खाएका जति सबै पौष्टि तत्व लिदाँ शरीर तन्दुरुस्त हुन्छ । २) तुलनात्मक हिसाबले सामान्य मानिसभन्दा नियमित जिम गर्ने व्यक्तिको हर्मोन ग्लान्डहरुले राम्रोसँग काम गर्छन् । उमेर बढ्दै गएपछि सामान्य व्यक्ति ग्लान्डले काम गर्ने क्षमता स्वतः कम हुँदै जान्छ । जिम गर्नाले ग्लान्डहरु सक्रिय हुन्छ । शरीरले प्राप्त गरेका भिटामिन, प्रोटिन र मिनरल्स राम्रोसँग सोस्ने र बुढेसलसम्म पनि तन्दुरुस्त रहने हुन्छ । ३) जिम गर्दा सबैभन्दा राम्रो बानी नियमित रुटिन पालना गर्ने बानी बस्छ । जिम गर्ने मानिसमा अल्छीपन हुँदैन, व्यायाममा सधैँ सचेत हुन्छ, शरीरप्रति प्रेम बढि हुन्छ । त्यस्तै भोलीका दिनमा जिम गर्न छाडे पनि यसले शरीर स्वस्थ राख्ने रुटिनमा रहन प्रेरणा गरिरहेको हुन्छ । यस्तो बानी सधैँका लागी फाइदाजनक हुन्छ ।

जिम

विशेष