देश

अतिक्रमित वन खाली गराइयो

अतिक्रमित वन खाली गराइयो
फागुन - ७ । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित नवदुर्गा सामुदायिक वनको अतिक्रमित २५ हेक्रट जग्गा शनिबार खाली गराइएको छ । केही समयदेखि वन अतिक्रमण गरी बस्दै आएका १ सय ५ परिवारलाई त्यहाँबाट हटाएको सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले जानकारी दिनुभयो । स्थानीय प्रसाशन, प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक वनका पदाधिकारी र वन रक्षकको सहयोगमा उक्त जग्गा खाली गरिएको हो । नजिकै रहेको भेटघाट शिविरबाट उनीहरु सामुदायिक वन अतिक्रमण गर्न गएका थिए ।

विशेष