खेल

मनाङ मर्स्याङ्दी र बंगलादेशको मोहमोदेनबीच समूह चरणको पहिलो खेल

मनाङ मर्स्याङ्दी र बंगलादेशको मोहमोदेनबीच समूह चरणको पहिलो खेल
फागुन - ७ । शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को समूह चरणको पहिलो खेलमा नेपालको मनाङ–मस्र्याङ्दी क्लबले भोलि बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबसंग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ । आइतबार नै समूह ‘बी’ को अर्काे खेलमा आयोजक चितगोङ अवहनी लिमिटेड र शाहिन आस्मायीबीच साँझ सात बजे खेल हुनेछ । मनाङले मोफसलका पछिल्ला ५ मध्ये तीन खेलमा उपाधि जितेको थियो । खप्तड गोल्डकप, आहा रारा गोल्डकपपछि मनाङले दुई साताअघि झापा गोल्डकप जितेको थियो । मोहमोदेन बंगलादेश प्रिमियर लिगको १० औं स्थानको क्लब हो । समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

football

विशेष