खेल

धरान गोल्डकप: रुपन्देही– ११ क्वार्टरफाइनलमा प्रवेश

धरान गोल्डकप: रुपन्देही– ११ क्वार्टरफाइनलमा प्रवेश
फागुन - ७ । काँकडभिट्टा ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा हराउँदै रुपन्देही– ११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पूर्वाञ्चल एन्फा एकेडेमीको मैदानमा भएको खेलमा टाईबे्रकरमा तीन एक गोल अन्तरले हराउँदै रुपन्देही–११ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा काँकडभिट्टाले गिल्सन लिम्बुको गोलसंगै अग्रता लिएको थियो । रूपन्देहीले ७६ औं मिनेटमा कालु थापाको गोलसंगै खेल बराबरीमा ल्यायो । त्यसपछि निर्धारित र थपिएको समयमा कुनै टिमबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा गएको हो । प्रतियोगिताअन्र्तगत भोलि धरान फुटबल क्लब र पोखरा फुटबल क्बलबीच खेल हुने छ ।

football

विशेष