समाज

गृहमन्त्री निधीद्वारा प्रजातन्त्र दिवस बहिष्कार

गृहमन्त्री निधीद्वारा प्रजातन्त्र दिवस बहिष्कार

फागुन ८ । ६७ औं प्रजातन्त्र दिवसका अवसरमा सैनिकमञ्च दुलही झै सिँगारिएको थियो । एक साताअघिदेखि सुरक्षा संगठनले कवाजको तयारी गरे तामझामका साथ कार्यक्रमको आयोजना गर्न उपप्रधान मन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधी आफैले चासो राखे ।

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मूल समारोह समिति गठन गरियो । समारोहका सदस्यसचिव गृहसचिव तोकिए । गृहमन्त्रालयका सबै अधिकारी प्रजातन्त्र दिवस भव्य र सफल बनाउन लागिपरे ।

प्रजातन्त्र दिवस देशभर मनाउन गृहमन्त्रलायले माघ २६ गते ७५ जिल्लाका प्रशासनमा अत्यन्त जरुरी भन्दै परिपत्र गर्यो । शनिबार सबै आगन्तुक आउने क्रम जारी थियो । प्रधानमन्त्री सहित सरकारका मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख सबै आएर तोकिएको सिटमा बसे । तर मूल आयोजक मध्ये एक गृहमन्त्रालयका एक जना अति विशिष्ट भने मर्यादाक्रम अनुसार आफ्नो स्थान खोजिरहेका थिए ।

गृहमन्त्री विमलेन्द्र निधीले मर्यादाक्रमअनुसार सिट नभेटेपछि सैनिक मञ्चमा खटिएका सैनिक अधिकारीलाई सोधे । सैनिक अधिकारीले सिटका विषयमा थाहा नभएको जवाफ दिएपछि उनी खुरुक्क कार्यक्रमस्थलबाटै बाहिरिए । सैनिक प्रवत्ताका अनुसार समारोहको आयोजक गृहमन्त्रालायको भएकाले आफूलाई जानकारी नभएको बताउँछन् ।

नागरिक

Bimalendra Nidhi

विशेष