खेल

रियल मेड्रिडले स्पानियोललाई हरायो

रियल मेड्रिडले स्पानियोललाई हरायो
फागुन ८ । स्पेनिस ला लिगामा रियल मड्रिडले स्पानियोललाई २–० ले हराएको छ । रियल मड्रिडको जितमा एल्भारो मोराटा र ग्यारेथ बेलले गोल गरे । ३३ औं मिनेटमा मोराटाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–० को अग्रता लिएको रियलका लागि बेलले ८३ औं मिनेटमा गोल गर्दै २–० को जित दिलाए । चोटका कारण झण्डै तीन महिना मैदान बाहिर रहेका बेलले चोटपछि मैदान फर्किएको पहिलो खेलमा नै गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको रियल मड्रिडको २१ खेलबाट ५२ अंक भएको छ । दुई खेल बढी खेलेको दोस्रो स्थानको सेभिल्लाको ४९ तथा एक खेल बढी खेलको तेस्रो स्थानको बार्सिलोनाको ४८ अंक छ ।

la liga Real Madrid

विशेष