खेल

चेल्सी एफए कपको क्वाटरफाइनलमा प्रवेश

चेल्सी एफए कपको क्वाटरफाइनलमा प्रवेश

फागुन ८ । एफए कप अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । प्रिमियर क्लव चेल्सीले वुल्भर ह्याम्पटनलाई २–० ले हराएको हो ।चेल्सीलाई विजयी गराउन पेड्रो र डिएगो कोष्टाले एक–एक गोल गरे । जितसँगै चेल्सी एफए कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

एफए कप अन्तर्गतकै अर्को खेलमा हडस्फिल्ड टाउनले म्यान्चेस्टर सिटीलाई गोलरहित बराबरीमा रोकेको छ ।

यसैगरी मिलवालले लेष्टर सिटीलाई १–० ले पराजित गर्दा लिंकनले बर्नलेलाई समान १–० ले नैं हरायो । यो जितसँगै लिंकन एफए कपको १ सय ३ वर्षे ईतिहासमा क्वाटरफाईनलसम्म पुग्ने पहिलो नन लिग क्लव बनेको छ ।

Afa cup

विशेष