मनोरञ्जन

एरेन्ज म्यारिज त गर्दैगर्दिनँ : आलिया भट्ट

एरेन्ज म्यारिज त गर्दैगर्दिनँ : आलिया भट्ट
आलिया भट्ट चर्चामा आईरहन्छिन् । युवापुस्ताका दर्शकमाझ आफ्नो बेग्लै परिचय बनाएकी आलिया अचेल आफ्नो नयाँ फिल्म बद्रीनाथकी दुल्हनियाको प्रचारमा व्यस्तछिन । सोही क्रममा सञ्चारकर्मीले उनलाई विविध प्रश्न सोधे तीमध्ये एउटा थियो । खासमा तपाई असल जिन्दगीमा कस्तो केटा चाहनुहुन्छ ? उनको उत्तर थियो मेरो जीवनसाथी यस्तो केटा होस् कि उ मेरो पति होइन एकदम निकट साथी होस् । आलिया भन्छिन् मलाई एकदम बुझोस, मायाँ गरोस् । हाम्रो सोच मिलोस । म बिहे, बच्चा पछि पनि फिल्ममा अभिनय गर्न चाहन्छु यस्तो बुझ्ने केटा नै मेरो पति बन्नेछ । आलियाले आफ्ना बाबु आमाले पनि धेरै कुरामा हस्तक्षेप नगर्ने बताएकि छन् । उनले भनिन् मलाई घरमा कुनै कुराको हस्तक्षेप हुँदैन । म आफ्नो तरिकाले जिएकी छु । उनी भन्छिन् म एरेन्ज म्यारिजत गर्दै गर्दिन लामो समय प्रेम गरेर त्यसलाई विवहामा परिणत गर्नेछु ।

Alia Bhaa

विशेष