खेल

बंगलादेशको फुटबल कपमा मनाङ, घरेलु टोलीसँग पहिलो खेल

बंगलादेशको फुटबल कपमा मनाङ, घरेलु टोलीसँग पहिलो खेल
फागुन–८ । बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलमा मनाङ मस्र्याङदीले आइतबार बंगलादेशकै मोहमडन स्पोर्टिङ क्लबसँग खेल्दैछ । शनिबार बाट बंगलादेशको चित्तागाङमा सुरु भएको प्रतियोगितामा मनाङले पहिलो खेलमा घरेलु टिमसँग खेल्न लागेको हो । खेल बेलुका ३: १५ बाट सुरु हुनेछ । मनाङका कप्तान अनिल गुरुङ र प्रशिक्षक छिरिङ लोप्साङले टोली उच्च मनोबलका साथ बंगलादेश पुगेको र विपक्षी टिमको धेरै जानकारी नभएपनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतियोगितामा नेपाल र बंगलादेशसहित अफगानिस्तान, दक्षिण कोरिया, मालदिभ्स र किर्गिस्तानका क्लब सहभागी छन् । दुई वटा समूहमा रहेका सहभागी क्लब मध्येबाट दुई–दुईवटा शीर्ष टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

बंगलादेश मनाङ मस्र्याङदी शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबल

विशेष