खेल

आइपिएलको टिम राइजिङ पुनेको कप्तानीबाट धोनी बर्खास्त

आइपिएलको टिम राइजिङ पुनेको कप्तानीबाट धोनी बर्खास्त
फागुन–८ । महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) को टिम राइजिङ पुने सुपरजायन्ट्सले कप्तानीबाट बर्खास्त गरेको छ । उनको स्थानमा अस्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तान नियुक्त गरिएको छ । यसै सिजनबाट भारतको एकदिवसीय र टि–२० कप्तानीबाट राजीनामा गरेका धोनीको क्लब कप्तानीबाट राइजिङ पुनेको व्यवस्थापन असन्तुष्ट रहेकाले उनलाई जिम्मेवारीबाट हटाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनी गत सिजन राइजिङ पुनेमा कप्तानको रुपमा अनुबन्धित थिए । गत वर्ष धोनीको कप्तानीमा आइपिएल खेलेको पुनेले सातौं स्थानमा रहेर प्रतियोगिता टुंगाएको थियो । उनलाई क्लबले २०१७ सालको आइपिएलका लागि खेलाडीको लिलामी हुनुभन्दा पहिले नै बर्खास्त गरिएको हो । ३५ वर्षीय धोनी आइपीएल क्रिकेटको इतिहासमा सबैभन्दा सफल कप्तान मानिन्छन् । उनको कप्तानीमा चेन्नाई सुपर किंग्सले २ पटक आइपिएलको उपाधि जितेको छ भने चार पटक उपविजेता बनेको थियो ।

आइपिएल महेन्द्रसिंह धोनी राइजिङ पुने सुपरजायन्ट्स

विशेष