भिडियो मनोरञ्जन

कोमल ओली भन्छिन–‘धेरै ठूलो आकंक्षा बोकेर राजनीतिमा लागेको हैन’(भिडियोसहित)

कोमल ओली भन्छिन–‘धेरै ठूलो आकंक्षा बोकेर राजनीतिमा लागेको हैन’(भिडियोसहित)

राप्रपा नेपाल र राप्रपाको एकतापछि भएको पहिलो महाधिबेशन काठमाडौंस्थित भृकुटि मण्डपमा भइरहेको छ । महाधिबेसनमा पार्टी अध्यक्ष चुन्ने तयारी भइरहेको छ । राजसंस्था सहितको लोकतन्त्रको वकालत गर्दै आएको राप्रपाको यस महाधिवेसनलाई निकै चासोका साथ हेरिएको छ । त्यसमाथि पनि कलाकार रेखा थापा र कोमल ओलीको पार्टी प्रवेशले राप्रपाको चर्चा झनै चुलिएको छ । गायिका कोमल ओली यतिबेला पार्टी कार्यक्रममा निकै व्यस्त रहँदै आएकी छिन् । महाधिबेसनको मन्तव्यको तयारी र भोट माग्ने काममा उनी निकै व्यस्त देखिन्छिन् । नेपाल आजसँग कुरा गर्दै उनले आफू मन, वचन र कर्मले निष्ठावान् हुँदै पार्टीमा लागेको बताइन् । राजनीतिक प्रवेशसँगै आफू धेरै महत्वकांक्षी नभएर समय अनुसार नै चल्ने उनको भनाइ छ । उनी अहिले केन्द्रिय सदस्यको उम्मेद्वारीको लागि लड्दै छिन् ।

Komal Oli komal oli in politics

विशेष