खेल

मनाङ मस्र्याङदीको जित सुरु, बंगलादेशको मोहमडन स्पोर्टिङ क्लब २–० ले पराजित

मनाङ मस्र्याङदीको जित सुरु, बंगलादेशको मोहमडन स्पोर्टिङ क्लब २–० ले पराजित
फागुन–८ । बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलको पहिलो खेलमा मनाङ मस्र्याङदी विजयी भएको छ । मनाङले आइतबार भएको खेलमा घरेलु टोली मोहमडन स्पोर्टिङ क्लबलाई २-0ले हराउँदै जित दर्ता गरेको हो । पहिलो हाफ गोल रहित सकिएपछि दोस्रो हाफको ५३ औं मिनेटमा आफिज ओलावलेले मनाङलाई सुरुवाति अग्रता दिलाए । त्यसपछि ८७ अाैं मिनेटमा विशाल रार्इले गोल गर्दै टाेलीलार्इ २-0 काे जित दिलाए । खेलको सुरुवात देखिनै विपक्षी टिमलाई मनाङले  दवावमा राखेको थियाे । म्यान अफ् दि म्याच बनेका मनाङका अाफिज अाेलावाले ५०० अमेरिकी डलर पुरस्कार स्वरुप पाएका छन् । समूह ‘बी’मा नेपाल र मोहमडनसहित बंगलादेशकै अर्को टिम अबाहानी लिमिटेड र अफगानिस्तानको शाहिन अस्माइ क्लब रहेको छ । प्रतियोगितामा बंगलादेशको ३ टिम, नेपाल, अफगानिस्तान, दक्षिण कोरिया, मालदिभ्स र किर्गिस्तानको १–१ टिम सहभागि छन् । दुई समूहमा रहेका सहभागी क्लब मध्येबाट दुई–दुई शीर्ष टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

बंगलादेश मनाङ मस्र्याङदी मोहमडन स्पोर्टिङ क्लब शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबल

विशेष