खेल

शल्यक्रिया पछि पारस अस्पतालबाट फिर्ता, अभ्यास खेलमा अनुपस्थित हुने

शल्यक्रिया पछि पारस अस्पतालबाट फिर्ता, अभ्यास खेलमा अनुपस्थित हुने

फागुन–८ । नेपाली क्रिकेट टोलीका राष्ट्रिय कप्तान पारस खड्काको ‘एपेन्डिक्स’ को सफल शल्यक्रिया भएको छ । अचानक पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना भएका पारस ३ दिनपछि आईतबार घर फर्किएका छन् । उपचारपछि केही समय स्वास्थ्य लाभ गर्नु पर्ने भएका कारण कप्तान पारस भारतको आसन्न अभ्यास सत्रमा अनुपस्थित हुने भएका छन् । नेपाली राष्ट्रिय टोली केन्यविरूद्ध विश्व क्रिकेट लिग च्याम्पियन्सिपको तयारीका लागि फागुन १३ गते नयाँ दिल्लीको नोयडा जाने कार्यक्रम रहेको छ । नोयडामा नेपालले एक साता अभ्यास खेल खेल्ने छ । कप्तान खड्कालाई गत वर्षदेखि नै पेटसम्बन्धि समस्या थियो । उनको अस्पतालमा पेटमा सानो प्वाल पारेर सल्यक्रिया गरिएको थियो । उनी राष्ट्रिय टोली भारतमा अभ्यास सकेर फर्किएपछि टिममा सहभागी हुनेछन् । उनलाई रिकरेन्ट एपेन्डिसाइटिस वीथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्द्राहरू मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमा गरिएको हो ।

नेपाली क्रिकेट पारस खड्का शल्यक्रिया

विशेष