प्रवास

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड !

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड !

फागुन ९ । कुवेतमा ५ नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले मृत्यु दण्डको सजाय सुनाएको हो । उनीहरु सुलेबियास्थित केन्द्रीय कारागारमा छन् ।

कुबेतस्थित नेपाली दुताबासका अनुसार सिन्धुपाल्चोकका साजन कार्कीलाई भने अदालतले आजीवन काराबास सजाय तोकेको छ । आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो । रानाभाट दुई वर्षअघि पत्राउ परेका थिए भने अन्यलाई एकवर्ष अघि पक्राउ गरिएको थियो ।

कुबेतथित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ । कुबेत सरकाले सजायसम्बन्धी विवरण हालै नेपाली दूताबासलाई बुझाएको थियो ।

कान्तिपुर

Nepali hanging In Kuwait

विशेष