मनोरञ्जन

यसकारण विग्रियो करण र काजोलको सम्बन्ध

यसकारण विग्रियो करण र काजोलको सम्बन्ध
फागुन ९ । कुनैबेला थियो निर्देशक तथा निर्माता करण जौहर त आफ्ना फिल्ममा प्राय नायिका काजोललाई छुटाउँदैनथे । अझ उनैले नै शाहरुख खान र काजोलको जोडीलाई ‘ग्लोरिफाई’ गराएका थिए । पारिवारिका तहसम्म राम्रो भएको दुबैबीचको सम्बन्ध पछिल्लो समय आएर तिक्ततापूर्ण भएको छ । हालै आफ्नो अटोबायाग्राफि एन अनसुइटेबल ब्वाईमा पनि करणले काजोलसंंगको सम्बन्धबारे बोलेका थिए । जसमा उनले भने अब हाम्रो सम्बन्ध कहिल्यै गाँसिने छैन । उक्त पुस्तक सार्वजनिक भएपछि घटनाले झनै उग्र रुप लियो त्यसो त करणको पछिल्लो फिल्म ‘ऐ दिलहे मुश्किल’ रिलज देखिनै अनेक हल्ला नचलेका होइनन् ‘ऐ दिल है मुश्किल’सँगै काजोलका पति अजय देवगणको निर्माण र निर्देशन रहेको ‘शिवाय’को रिलिज जुधेपछि यी दुईबीच तनाव सुरु भएको थियो ।

Kajol Karan Karan Johari

विशेष